विकासमा क्रियाशील हुन प्रदेश प्रमुख अमिक शेरचनको आग्रह

५ बर्ष अगाडि

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको विकासमा क्रियाशील हुन सरकारलाई आग्रह गरेका छन् । 

गण्डकी प्रदेश सरकार स्थापनाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शेरचलनलेजनभावनाअनुरुप सरकार बढ्न सक्दा प्राप्त हुने लोकप्रियता अन्य प्रदेशका लागि पनि नमूना हुन सक्ने बताए । 
    
उपलब्ध प्राकृतिक साधनस्रोतको संरक्षणका साथै नदीनाला र ताल तलैयाँलगायतका साधन स्रोतको उपयोग गर्ने वातावरण निर्माण हुनुपर्ने उनको भनाई छ ।

सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अवधिमा आवश्यक कानून निर्माण भई सरकार भौतिक पूर्वाधारलगायतका हरेक क्षेत्रमा अघि बढिरहेको बताए । 

प्रदेशको समग्र विकासलाई लक्षित गरी पञ्चवर्षीय योजना बनाइसकिएको बताउँदै उहाँले २५ वर्षे दीर्घकालीन योजनासमेत तयार भइसकेको जानकारी दिँदै उनले प्रदेशमा आर्थिक अनुशासन, सुशासन कायम गराउने कुरामा सरकार प्रतिवद्ध भएको बताए । 

उनका अनुसार सडक पूर्वाधार विकासका काम तीव्ररुपमा अघि बढेको र खानेपानी र विद्युतजस्ता अत्यावश्यकीय सेवालाई घरघरमा पु¥याउने गरी काम बढिरहेको छ ।

सरकारको घोषित कार्यक्रमअन्तर्गत ८५ वटै स्थानीय तहमा उद्योग ग्राम स्थापना गर्ने योजनाअनुरुप गरिएको अध्ययन अनुसन्धानका क्रममा ५१ वटा स्थानीय तहमा यसको सम्भावना देखिएको र आगामी पाँच वर्षभित्र उद्योग ग्राम स्थापना गरिने जानकारी दिए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया