किन आत्महत्याको प्रयास गरे 'गोरे'ले

७ बर्ष अगाडि

काठमाडौं । ३३ किलो सुनकाण्ड र शनम शाक्य हत्याकाकाण्डको मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती 'गोरे'ले केन्द्रीय कारागारको गोलघर भित्रै आत्महत्याको प्रयास गरेका छन् ।

कारागार प्रशासनका अनुसार 'गोरे'ले केही साता अघि आफैले लगाएको सर्टले घाँटीमा बाधेर पासो लगाएका हुन्। उनी कहिलेकाहीँ अझै तनावमा आएको बेला टाँउको भित्तामा ठोक्ने गरेको कारागार स्रोतको भनाई छ।

'गोरे' संग कहिलेकाही भेट हुँदा उनी अझै रबाफिला कुरा गर्छन्ु, स्रोतले भन्यो। केही महिना अघि गोरेको मानसिक अवस्थामा समस्या आएको भन्दै कारागारभित्रकै अस्पतामा चेक जाँच गरिएको  कारागार प्रशासनले जानकारी दिएको छ ।

उनीमाथि सम्पत्ति अनुसन्धानको लागि सम्पति सुद्धिकरण विभागले काठमाडौं झिकाएको थियो। जनतापाटी बाट 

७ बर्ष अगाडि

प्रतिक्रिया