एकैदिन चेक अनादरका २२ मुद्धा पेशीमा

६ बर्ष अगाडि

जिल्ला अदालत काठमाडौंमा आज एकैदिन चेक अनादरका २२ मुद्धाको सुनुवाई हुँदैछ । 

चेक दिएर अदादार भएको विषयमा विभिन्न २२ जनाले विभिन्न मितिमा दायर गरेको विनिमेय अधिकारपत्र ऐन, २०३४ दफा १०७ क अनुसारको मुद्धा आज सुनुवाई हुन लागेका हुन् । 

बैङ्कमा निक्षेप पर्याप्त नभएमा, हस्ताक्षर गलत भएमा, नम्बर गलत भएमा, चेकमा लेखेको अक्षर सच्याएमा, रकम भुक्तानी निकाल्नेको प्रष्ट नाम नलेखेमा लगायतका कारणले बैंकले बाट बैङ्कले भुक्तानी नगरि चेक फिर्ता गर्ने कार्य चेक अनादर हो । अदालतमा परेका मुद्धाहरु ै बैङ्कमा निक्षेप पर्याप्त नभइ चेक दिने र भुक्तानी नहुने रहेका छन् ।  

काठमाडौं जिल्ला अदालतको दैनिक पेशी सूचीमा जनाइएअनुसार न्यायधिशहरु कृष्णजंग शाहको इजलाशमा २ वटा, ध्रुवराज त्रिपाठीको इजलाशमा एउटा, अम्बिकाप्रसाद निरौलाको इजलाशमा एउटा, परशुराम भट्टराईको इजलाशमा ४ वटा, दीपककुमार दाहालको इजलाशमा एउटा, पुष्पराज थपलियाको इजलाशमा २ वटा मुद्धाको सुनुवाई आज हुँदैछ । 

त्यस्तै रामप्रसाद शर्माको इजलाशमा एउटा, प्रकाशचन्द्र अधिकारीको इजलाशमा एउटा, भुवनसिंह थापाको इजलाशमा एउटा, प्रकाश ढुंगानाको इजलाशमा एउटा, ओमप्रसाद अर्यालको इजलाशमा २ वटा, भरतमणि खनालको इजलाशमा २ वटा, विनोदकुमार पोखरेलको इजलासमा एउटा, ऋषिराम निरौलाको इजलाशमा एउटा र ब्रजेश प्याकुरेलको इजलाशमा एउटा मुद्धाको सुनुवाई हुने क्रममा रहेको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।  

विनिमेय अधिकारपत्र ऐन, २०३४ दफा १०७ क  ‘अनुसार बैङ्कमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानी जानी कुनै व्यक्तिले चेक काटी कसैलार्ई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बन्धित बैङ्क समक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैङ्कबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लेखित रकम र व्याज समेत धारकलार्ई भराई चेक काट्ने व्यक्तिलार्ई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ’ भन्ने व्यवस्था छ । 

आजको पेशी सूचीमा राखिएका मध्ये कतिपयको सुनुवाइ भैरहेको छ भने कतिपय स्थगीत गरिएका छन् । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया