कारोबारको दोस्रो घण्टा: ५ अंकले बढ्यो नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ५.८३  अंकले उकालो लागेको छ।

कारोबार सुरु भएसगैँ उकालो यात्रा तय गरेको नेप्से परीसूचक दोस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ५ अंकको हारहारीमा उकालो  लागेको हो ।

आज  १३४४.७३  को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा  १३५०.४२  को बिन्दुमा बढेको  छ । 

आज ११ बजे  १३४४.७३ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.४३ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ६ उपसमुह बढेका छैन ।

अहिले कारोबार भईरहेका १६७  कम्पनीको १  लाख २७  हजार कित्ता शेयर खरिद विक्री हुदाँ ३७ करोड ३७  लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया