गोंगबु नयाँ बसपार्क क्षेत्रबाट प्रहरीले ५७ जनालाई निणन्त्रणमा लिएको छ । अबैध कार्यमा संलग्न भएको भन्दै उनीहरुलाई नियणत्रणमा लिइएको प्रहरीले जनाएको छ ।
नयाँ बसपार्क शुद्धीकरण अभियान अन्तर्गत सञ्चालित स्विप अपरेशनका क्रममा गएराति ५७ जनालाई नियणत्रण मा लिइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
पक्राउ पर्नेमा सनकाजी दर्जी, विनोद भट्टराई, विष्णु थापा, नरेन्द्र पोमु, अशोक पोमु, कमल काराखेती, सोमबहादुर तामाङललगायत छन् । नियन्त्रणमा रहेका सानुकाजी जबरजस्ती करणीका फरार अभियुक्त हुन् ।
यस्तै पक्राउ परेका ५७ जनालाई महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखेर अनुसन्धान भइरहेको वृत्तका डीएसपी उमेश लम्सालले बताए ।
गोंगबु नयाँ बसपार्क क्षेत्रभित्र हुने अनाधिकृत कार्य रोक्न प्रहरीले पछिल्लो पटक शुद्धीकरण अभियान चलाएको छ ।
प्रतिक्रिया