काठमाडौं – सामान्यतया पदिय हिसावमा कम्पनीमा महाप्रवन्धक भन्दा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद नै माथि हुन्छ । तर, दक्षिण एसिया कै दोस्रो ठुलो भनिएको नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान सीईओ चिरायु भण्डारीले प्राइम लाइफमा महाप्रवन्धक बनेका छन् ।
सरकारको स्वामित्वमा रहेको नेपाली रि मा उनी लिखित परिक्षा, अन्तरवार्ता लगायतका चरण पार गर्दै सीईओ बन्न सफल भएका थिए । नेपाल रिमा दोस्रो पटक पनि उनी सीईओ बन्न प्रयास गरे । तर, अन्तिम चरणमा फालिए ।
त्यसपछि खाली रहेका भण्डारीले यसै महिनादेखि प्राइम लाइफ इस्योरेन्सको महाप्रवन्धक पदमा नियुक्ती लिएका छन् । प्राइम लाइफको सञ्चालक समितिको बैठकले उनलाइ सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनले गत फागुन १ गतेदेखि कार्यभार सम्हालेका छन् ।
भण्डारीले यही फागुन १ गतेबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा नियुक्ती भएर कार्य प्रारम्भ गरेका हुन् । प्राईम लाईफको सञ्चालक समितिको बैठकले नेपाल पुनर्बीमा कम्पनीमा चार वर्ष सिईओ चलाएका भण्डारीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
एउटा प्रतिष्ठीत कम्पनीमा सीईओ बनिसकेका भण्डारी अर्काे कम्पनीमा महाप्रवन्धकमा किन नियुक्त लिए, त्यो भने प्रश्नको बिषय बनेको छ ।
प्रतिक्रिया