बीमालेख धितो राखेर ४० अर्ब कर्जा प्रवाहः बीमितले कुन कम्पनीबाट कति ऋण लगे ?

६ बर्ष अगाडि

काठमाडौं –  जीवन बीमा कम्पनीहरुले बीमलेख धितो राखेर बीमितहरुलाई रू. ४० अर्ब ७ करोड ९८ लाख कर्जा प्रदान गरेका छन् । चालु आवको पुससम्म बीमा कम्पनीहरुले यतिका मात्रा बीमितहरूलाई कर्जा प्रवाह गरेका हुन् । 
गत आवको सो अवधीसम्ममा कम्पनीहरुले रु. २५ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ यस्तो कर्जा प्रवाह गरेका थिए । जसअनुसार कम्पनीहरुको बीमालेख धितो कर्र्जा ५६.६७ प्रतिशतले बढेको दखिन्छ । बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
बीमा गरेको २ बर्ष भएपछि बीमितहरूले सम्बन्धी कम्पनीमा आफ्नो बीमालेख धितो राखेर कर्जा लिन सक्छन् । कम्पनीले बीमितिले तिरेको बीमाशूल्क र सो अवधीसम्मको सरेन्डर भ्यालुको आधारमा बीमितलाई निश्चित रकम कर्जा स्वरुप दिन सक्छ । यस्तो कर्जामा कम्पनीले १० प्रतिशतसम्म कर्जा व्याज लिने गरेका छन् । कम्पनीले यसरी दिने कर्जा बीमितको भइपरि आउने आर्थिक संकट, घरायसी व्यवसायमा लगानी हुने गरेका छन् । 
हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये नेपाल लाइफले बीमालेख धितो राखेर सबैभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस अवधीसम्म उक्त कम्पनीले रू. १५ अर्ब ७३ करोड ३२ लाख यस्तो कर्जा प्रवाह गरेको छ । यस्तै, एलआईसी नेपालले रु. ११ अर्ब ८७ करोड ९३ लाख, नेशनल लाइफले रू. ४ अर्ब ३० करोड २ लाख कर्जा प्रवाह गरेको छ । 
यस्तै, नयाँ कम्पनी तर्फ युनियन लाईफले सबैभन्दा बढी कर्जा प्रवाह गरेको छ । सो कम्पनीले रु. ५० करोड ५२ लाख यस्तो कर्जा प्रवाह गरेको छ । सबैभन्दा कम भने सानिमा लाइफ इन्स्योरेन्सको छ । सो कम्पनीले ४० लाख ५४ हजार रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको छ ।

कुन कम्पनीको कति कर्जा प्रवाह गरे ?

६ बर्ष अगाडि

प्रतिक्रिया