नेपाल एग्रो लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक बर्ष ७६ ÷ ७७ को दोस्रा त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तिय विवरण अनुसार लघुवित्तले यस अवधिमा ६४ लाख १५ हजार रुपैँया खुद नाफा कमाएको छ ।जुन गत आवको भन्दा १९ लाख १३ हजार रुपैँयाले बढी हो । गत आवमा लघुवित्तले ४५ लाख २ हजार रुपैँया खुद नाफा कमाएको थियो ।
यस्त,ै कम्पनीले गत आवमा १ करोड ४ लाख रुपैँया खुद ब्याज आम्दानी गरेको थियो । तर त्यो चालु आवमा १ करोड १४ लाख रुपैँयाले बढेर २ करोड १९ लाख रुपैँया पुगेको छ ।
साथै, गत आवको तुलनामा कम्पनिले निक्षेप संकलनमा पनि बृद्धि भएको देखिन्छ । कम्पनिले गत आव १४ करोड ८८ लाख रुपैँया निक्षेप संकलन गरेको थियो । अहिले त्यो ८ करोड रुपैँयाले बढेर २३ करोड ३ लाख रुपैँया पुगेको छ ।
यसै गरि कर्जा प्रवाह पनि उल्लेख्य बृद्धि भएको छ । गत आवको समीक्षा अवधिमा कम्पनीले ४९ करोड २८ लाख रुपैँया कर्जा प्रवाह गरेको थियो । अहिले त्यो २० करोड ३७ लाख रुपैँयाले बढेर ६९ करोड ६५ लाख रुपैँयाको पुगेको छ ।
प्रतिक्रिया