एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर फागुन २२ गते बिक्रीमा आउने भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट पुस २९ गते स्वीकृति पाएसँगै कम्पनीले रु १०० का दरमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।जसअनुसार ३८ करोड ४२ लाख ४३ हजार ७५० हकपद्र शेयर आउने देखिन्छ ।
कम्पनीले माघ २६ गते सम्मका कायम शेयरधनीका लागी १० बराबर ६ कित्ताको अनुपातमा हकप्रद विक्री गर्न लागेको हो ।कम्पनीको हकप्रदमा चैत १२ गतेसम्म आवेदन दिन सकिन्छ ।
कम्पनीले हकप्रदमा नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सका शाखा कार्यालय, लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आबेदन दिन सकिन्छ ।
कम्पनीको विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ। कम्पनीको हाल ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ।
प्रतिक्रिया