महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ ।
महालक्ष्मीले प्रधान कार्यालयमा कार्यरत ३५ जना भन्दा बढी कर्मचारीहरुलाई तालिम दिएको हो ।
तालिममा सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत जानकारी गराएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र आन्तरिक लेखापरीक्षक चाटर्ड एकाउन्टेन रेनुका खत्रीले तालिम दिएका थिए ।
प्रतिक्रिया