गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बङ्गला विमान दुर्घटनाका लागि जहाजको क्याप्टेनलाई दोषी देखाइएको छ ।
आधिकारिक छानबिन समितले तयार पारेको रिपोर्टको मस्यौदामा विमानका क्याप्टेन ‘भावनात्मक रुपमा विक्षिप्त रहेको’ उल्लेख गरिएको छ । यही नै विमान दुर्घटना हुनुको मुख्य कारण रहेको रिपोर्टको निष्कर्ष छ ।
अनुसन्धानकर्ताहरुले विमानका क्याप्टेन अविद सुल्तानमाथि एक सहकर्मीले उनको क्षमतामाथि प्रश्न गरेपछि उडान अवधिमै रोएको बताएका छन् ।
“अविश्वास र दबावले गर्दा उनी ककपिटमा नै लगातार धुम्रपान गरिरहेका थिए र उडानको अवधिमा कयैन पटक उनी भावुक भएर रोएका थिए ।” रिपोर्टलाई उदृत गर्दै समाचार संस्था एएफपीले लेखेको छ।
फागुन २८ मा बङ्गला देशको राजधानी डाकाबाट उडेको विमान काडमाण्डौं विमानस्थानमा अवतरणको क्रममा दुर्घटना भएको थियो । नेपालमा भएको दशकौं पछिको सबैभन्दा खतरनाक उक्त हवाई दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो ।
क्याप्टेनको निरन्तरको एकालापले उक्त समय जहाज उडाइरहेका को–पाइलटमा ‘पुरै भाँडिएको’ रिपोर्टमा लेखिएको छ ।
झन् को–पाइलट पृथुला रसिदले भर्खरै विमान उडाउन योग्य भएका थिए । त्यो दिनको उडान काठमाडौको विमानस्थालमा गरिएको उनको पहिलो उडान थियो ।
एएफपीले हेरेको अन्तिम अनुसन्धान रिपोर्टको मस्यौदामा युएस–बङ्गला एयरलाइनका क्याप्टेन ‘दबाब र भावनात्मक विक्षिप्तता’को अवस्थामा रहेको निष्कर्ष छ ।
प्रतिक्रिया