प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्दै

७ बर्ष अगाडि

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्ने भएका छन् । 

प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास ९बिमस्टेक०को चौथो शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्न लागेका हुन् । 

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारीदिए । 
उनले यसबीचमा संसद्मा सांसदले उठाएका समसामयिक विषयको पनि जवाफ दिनेछन्। यही भदौ १४ र १५ गते काठमाडौँमा बिमस्टेकको शिखर सम्मेलन हुँदैछ ।

७ बर्ष अगाडि

प्रतिक्रिया