पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टले नेपालमा राजनितिक आन्दोलन समाप्त भै आर्थिक बिकासको चरण शुरु भएकोले सबै तह र जनप्रतिनिधिले हातेमालो गर्नुपर्ने बताएका छन् ।
उनले सडक, खानेपानी, विद्धुत र स्वास्थ्यसंग जोडिएका समस्याको हल गर्न दलीय राजनीतिभन्दा माथी उठेर लाग्नुपर्ने बताए ।
‘हामिसंगै हिडेको दक्षिण कोरीयाले बिकासमा धेरै फड्को मारेर अहिले मानव विकास सुचांक अनुसार आफ्ना नागरिकलाई सुखी र खुशी बनाउन जोड दिएको छ तर हामीले अझैआधारभुत आवश्यकता पुरा गर्न सकिरहेका छैनौ ’, गृह जिल्ला गुल्मीमा सेतिपातल लिफ्टिङ खानेपानीको उद्घाटन गर्दै उनले भने, ‘तसर्थ अब प्रबृती बदली जनतालाइ कामद्वारा नै प्रतिउतर दिनु आवश्यक छ ।’
सांसाद विष्टले गरिबी, बेरोजगारी, भोकमरी र अशिक्षा सबैका साझा दुस्मन हुन भन्दै त्यसको अन्त्यका लागि सबै दल एकजुट हुनुपर्ने बताए ।
अर्को एक प्रसंगमा मदन भण्डारी लोकमार्ग गुल्मी सदरमुकाम भएर जाने हुँदा यसमा सहयोग गर्न सबैलाइ अनुरोध गरे ।
आफू सबैको जनप्रतिनिधि भएकाले स्थानीय तहसंग समन्बय गर्दै समग्र गुल्मी जिल्लाबासीको बिकासमा लागिपर्ने उनको भनाई छ ।
प्रतिक्रिया