ठूलो पहिरो झर्दा कालीकोटका १ सय, ७ घर उच्च जोखिममा परेका छन् । खाँडाचक्र नगरपालिका वडा नम्बर –५ मोल्फामा झरेको पहिरोका कारण ति घर उच्च जोखिममा परेका हुन् ।
करिब एक महिनादेखि अबिरल परिरहेको बर्षासँगै आएको भिषण पहिरोले घोडेना र मोल्फा बजारका १ सय, ७ घरहरु उच्च जोखिममा परेपछि स्थानियबासीमा सन्त्रास फैलिएको छ ।
खाँडाचक्र नगरपालिका वडा नम्बर–६ का वडा अध्यक्ष जगधिश शाहीका अनुसार पहिरोबाट मोल्फा बजारका ५१ र घोडेनाका ५६ घर उच्चजोखिममा रहेका छन् । घोडेना गाउँको छेउबाट सुरु भएको पहिरो घोडेना गाँउकै तल्लो भागबाट निरन्तर बगिरहेको छ, जस्का कारण पुरै गाउँ उच्च जोखिममा छ, अध्यक्ष शाहीको भनाई छ ।
निरन्तर बगिरहेको पहिरोका कारण कर्णाली राजमार्ग अन्तरगत सुर्खेत जुम्ला सडक खण्डसँग जोडिएको मोल्फा बजारबासी बिचल्लिमा परेका छन् ।
स्थानिय रबिन्द्र शाहीले भने मानिसहरुको बिचल्लि मात्रै भएको छैन आश्रय लिन पनि कठिन भएको छ । हामीलाई पुरै गाउँ नै बगाउँछकि भन्ने चिन्ता छ उनको भनाई छ ।
पहिरोको निरिक्षण गरि फर्किएका प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जोखिममा रहेका सबै स्थानीयबासीलाई नजिकैको विद्यालयमा सुरक्षित सार्न लगाइएको जानकारी दिनुभयो । प्रमूख जिल्ला अधिकारी कार्कीले थप ब्यबस्थापनका लागि प्रयास जारीरहेको बताउनुभएको छ ।
प्रतिक्रिया