दादुरा–रुबेला अभियानमा एनसेलको सहकार्य

५ बर्ष अगाडि

निजी क्षेत्रको सञ्चार प्रदायक संस्था एनसेलले राष्ट्रिय दादुरा–रुबेला खोप अभियानमा सरकारलाई सघाउने भएको छ ।

यसका लागि एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्नेछ । सरकारले नौ महिनादेखि पाँच वर्षसम्मका करिब ३० लाख बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य राखेको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागू गर्नेछ ।

।यस्तै फागुन १ गते देखि शुरु भएको अभियान फागुन ३० सम्म संचालन हुनेछ । पहिलो चरण अन्तर्गत प्रदेश नं १,२ र ५ का बालबालिकालाई दादुरा  र रुबेला  खोप लगाइनेछ ।भने दोस्रो चरणको  अभियान चैत्र १ गते देखि ३० गते सम्म संचालन हुनेछ ।यो चरणमा प्रदेश ३,४,६ र ७ मा खोप लगाइनेछ ।

“दादुरा रुबेला विरुद्धको खोप शत् प्रतिशतबालबालिकालाई लगाउनका लागि जनचेतना अभिवृद्धि गर्न एनसेलबाट सहयोग पुगेको जनाएको छ ।

“दादुरा रुबेला विरुद्धको खोप शत् प्रतिशतबालबालिकालाई लगाउनकालागिजनचेतनाअभिवृद्धि गर्न एनसेलबाट हामीलाई धेरै सहयोग प्राप्त भएको छ । 

त्यो सहयोगको लागिएनसेललाई धेरै धन्यवाददिन चाहन्छांै । भविश्यमापनिहाम्रो खोपकार्यक्रमलाई सहयोग निरन्तर रहनेछ भन्ने आशा राख्दछौं, ” परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलकशर्मा गौतमले भने ।

सन् २०१५ पश्चात दादुरा रुबेला रोगका घटनाहरु बढ्दो क्रममा रहेको सरकारी तथ्याङकले देखाउछ ।

१२ देखि २३ महिनाका बालबालिकामा सबै खोपको मात्रा पुरा गर्ने बालबालिकको संख्या २०११ मा ८७ प्रतिशत (२०११) रहेकोमा सन् २०१६ सम्ममा ७८ मा प्रतिशतमा घटेको  नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कमा रहेको छ ।

सरकार सँग एनसेलको यस सहकार्यले बालबालिकाको जीवन रक्षासँगै सन् २०२३ सम्मम दादुरा–रुबेला निवारण गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पु¥याउने विश्वास लिइएको छ।

एनसेलले आफ्नो व्यवसायीक सामाजिक जिम्मेवारी अन्तर्गत देशभर स्वास्थ्यसँग सम्बन्धि जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न नेपाल सरकार स्वास्थ्यतथा जनसंख्यामन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द«सँग २०७६ सालअसोज १३ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया