त्रिभुवन विश्वविद्यालयमा चरम ज्यादती, विद्यार्थी मर्कामा, उपकुलपति र शिक्षाध्यक्ष गैर जिम्मेवार

७ बर्ष अगाडि

काठमाडौं । सरकार अविच्छिन संसथा हो । सरकारका निकायको काम समेत निरन्तर अविच्छिन रुपमा नै सञ्चालन हुने गरेका छन् । यो संसारभरकै सामान्य सिद्धान्त एवम् व्यवहार पनि हो ।

तर नेपालको पूरानो र एक मात्रै सरकारी लगानीका केन्द्रीय विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले वर्षैपिच्छे परिवर्तन गरेको नियमका कारण हजारौ विद्यार्थी नराम्ररी प्रभावित भएका छन् ।

विश्वविद्यालयको नेतृत्वमा रहेको चरम अवसरवादका कारण विद्यार्थी मर्कामा परेका छन् ।

वर्षैपिच्छे नियम बदलेर विद्यार्थीलाई दुःख दिनेमा राजनीतिक नेतृत्वबाट टिका लगाएर विश्वविद्यालयको नेतृत्व सम्हाल्न पुगेका पदाधिकारीबाट भएको छ ।

सरोकार भएका व्यक्ति वा निकायसँग कुनै छलफल नै नगरी कन दाताको आदेशमा लागू गरिएको ग्रडिङ प्रणालीका कारण विद्यार्थी मर्कामा परेका हुन् । उनीहरुले विद्यार्थीलाई कहिले पास त कहिले फेल भन्दै एउटा प्रकृतिको प्रमाणपत्र बाँडेर दुःख दिएका छन् ।

यसबारेमा विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियासँग बुझ्न खोज्दा उनी पन्छिए र भने डिनहरुलाई सोध्नु न , उनीहरुले निर्णय गरेका हुन् । मलाई जानकारीमा छैन ।

शिक्षाध्यक्ष र रजिष्ट्रर समेत तै चुप मै चुपको अवस्थामा रहेका छन् । तर विद्यार्थी भने नराम्ररी मर्कामा परेका छन् ।

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा डेढ वर्षअघिसम्म जुन अंक ल्याउँदा उत्तीर्ण भनेर प्रमाणपत्र बाँडेको थियो, अहिले त्यति नै अंक ल्याउँदा अनुत्तीर्ण भएको घोषणा गरेर आफूलाई मारमा पारेको विद्यार्थी सन्तोष रोकायाले बताए ।

ग्रेड अर्थात जिपिए २ दशमलव ७ ल्याउने विद्यार्थीलाई गत वर्षसम्म उत्र्तीण भएको प्रमाणपत्र दिइएको थियो । तर अहिले सोही प्रमाणपत्र दिइदा अनुत्तीर्ण भन्दै फेल भएको प्रमाणपत्र दिइएको छ ।

अनुत्तीर्ण भन्दै ट्रान्सक्रिप्ट दिन रोक लगाएपछि विद्यार्थी  मर्कामा परेका छन् ।

दाताको आदेश अनुसार वस्तुस्थितीको कुनै अध्ययन नै नगरी २०७० सालदेखि त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागु गरेको थियो ।

विश्वविद्यालयले  ७३ सालको परिक्षाको नतिजामा जिपिए २ दशमलव ७ ल्याएका विद्यार्थीलाई उर्तिण भनेर प्रमाणपत्र समेत दिएको थियो ।

सोही प्रमाणपत्रका आधारमा धेरै विद्यार्थीले अन्य क्षेत्रमा गएर काम समेत गरे । कोह िवैदेशिक अध्ययनमा समेत गए भने कोह िअन्य विश्व्विद्यालयमा समेत गए । केहीले देश नै छाडे त केही विदेशी विश्वविद्यालयमा समेत पुगे ।

तर हाल विश्वद्यिालयले जिपिए ३.० भन्दा कम ल्याए स्नातकोत्तर तहमा अनुर्तिण भएको भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।

पत्रकारिता, अंग्रेजी, अर्थशास्त्र, संस्कृत विषयमा यस्तो समस्या देख्एिको विद्यार्थी कौशिला मानन्धरले जानकारी दिइन ।

। विश्वविद्यालयले समयमै यसबारे बुझाउन नसक्दा कसैले पास त कसैले फेल हुनुपरेको भन्दै विद्यार्थी आक्रोशित भएका छन् ।

विश्व बैंक जस्ता दातृ निकायको सहयोगमा हचुवाको भरमा लागू गरिएको समेष्टर र ग्रडिङ प्रणालीका कारण विद्यार्थी मर्कामा परेका छन् ।

नयाँ प्रणालीबारे विश्वविद्यालय, डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालय समेत अन्योलमा रहेको बताइन्छ ।

विश्वविद्यालयको दोहोरो मापदण्डले विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेकोमा सरोकारवालाले समेत आपीत्त जनाएका छन् । तर विश्वविद्यालयको नेतृत्व समस्याको समाधान गर्ने पक्षमा हालसम्म देखिएको छैन ।

शिक्षाध्यक्ष सुधा त्रिपाठीले आफूलाई सो बारेमा जानकारी नभएको भन्दै खनियाँकै भाषा बोल्छिन् । उनले यसबारेमा आफूलाई भन्दा डिनहरुलाई नै सोध्न बताउने गरेकी छिन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया