साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ ।
आज कारोबारको सुरुवातमा केही अंक माथि उक्लीए पनि अन्तिम समय सम्म आउदाँ परिसूचक १.३९ अंकले घटे्को हो ।
आज विहान ११ बजे १३४६.४५ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने १३४४.५९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज सेन्सेटीभ परिसूचक पनि १.३२ अंकले ओरालो लागेको छ ।
आज कारोबारमा आएका १२ उपसमूह मध्य ७ उपसमूह मात्र बढे्का छन् । त्यस्तै आज कारोबार भएका १७२ कम्पनीको ३७ लाख २० हजार कित्ता शेयर खरिद बिक्री हुदाँ १ अर्ब ७७ लाख बराबरको कारोबार भएको छ ।
त्यस्तै आज सबै भन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको १२ करोड र शिवम् सिमेन्टको ९ करोड ७५ लाख रुपैयाँ बराबरको कारेबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया