अर्थ सचिवमा ढुंगानाको सरुवा

६ बर्ष अगाडि

सरकारले अर्थ मन्त्रालयको सचिवमा शिशिरकुमार ढुंगानालाई सरुवा गरेको छ ।

मन्त्रालयको राजस्व सचिवबाट उनलाई अर्थ मन्त्रालयको सचिव बनाइएको हो । तत्कालीन अर्थ सचिव राजन खनाल गत २२ माघमा सेवानिवृत्त भएपछि सो पद रिक्त थियो ।

ढुंगाना आर्थिक र प्रशासनिक क्षेत्रमा राम्रो दक्खल राख्ने प्रशासक हुन् । ढुंगानाले सरकारले दिएको जिम्मेवारी इमानदारितासाथ पूरा गर्ने प्रतिबद्धता जनाए ।

६ बर्ष अगाडि

प्रतिक्रिया