विप्लवका ५ कार्यकर्ता प्रकाउ

६ बर्ष अगाडि

 

नेत्रविक्रम चन्द विप्लव समूह सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्षसहित ५ कार्यकर्ता पक्राउ परेका छन् ।

सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको सुन्धरा क्षेत्रबाट पक्राउ गरेको हो ।

काठमाडौ प्रहरी प्रमुख उत्तमराज सुवेदीकाअनुसार उनीसँगै ५ कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया