रुकुमको मुसीकोटमा बन्यो भव्य सहिद स्मृति पार्क

६ बर्ष अगाडि

पश्चिम रुकुम – पश्चिम रुकुमको मुसीकोटमा तत्कालीन माओवादी जनयुद्धका क्रममा ‘सहिद’ बनेकाहरुको सम्झनामा भव्य पार्कको निर्माण गरिएको छ । 

संघीय संसद् क्षेत्र विकास कोषको करिब २ करोड रुपैयाँको लागतमा सो पार्क निर्माण गरेर बिहीबार २५ औँ जनयुद्ध दिवसको अवसरमा समुद्घाटन गरिएको हो । 

पश्चिम रुकुमका निर्वाचित सांसद तथा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभावकर’, रुकुममा कम्युनिस्ट पार्टी स्थापनामा योगदान पुर्याउने बासुदेव गौतम, रुकुम कम्युनिस्ट पार्टीका संस्थापक सदस्य ध्रुव मल्ल र तारा प्रसाद घर्तीले सो पार्कको संयुक्तरुपमा उद्घाटन गरेका हुन् । 

जनयुद्धको ऐतिहासिक प्रक्रियामा राष्ट्र र जनताको लागि आफ्नो प्राणको आहूति दिने सहिदहरुको सम्झना र सम्मानमा सहिद पार्कको निर्माण गरिएको नेता जनार्दन शर्माले जानकारी दिए । 
मुसीकोट नगरपालिका ५ स्थित सेरीगाउँमा करीब ७ रोपनी क्षेत्रफलमा फैलिएको पार्कभित्र सभाहल समेत रहेको छ । 

पार्कभित्र नेकपा रुकुम जिल्लाका संस्थापक नेताहरु कामी बूढा र स्कन्द शर्माको शालिक पनि निर्माण गरिएको छ । माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममारुकुममा ५२५ भन्दा बढीले ज्यान गुमाएका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया