कोरोनाभाइरसलाई लिएर प्य्राङ्क गर्नेलाई पाँच लाख रुबल जरिवाना

६ बर्ष अगाडि

रुसमा एक प्य्राङ्स्टरलाई कोरोनाभाइरसलाई लिएर गरेको प्य्राङ्क महङ्गो साबित भएको छ ।

युवकमाथि सार्वजनिक स्थानमा मानिसलाई दुःख दिएको र भयभित बनाएको आरोपमा पाँच वर्षको जेल तथा पाँच लाख रुबल(रुसी मुद्रा) जरिवानाको सजायँ दिइएको छ । 

युवकले रेलमा गरेको प्य्राङ्क अहिले भाइरल भएको छ । युवकको भिडियो पहिलो पटक २ फेब्रुअरीमा प्य्राङ्क साइटमा आएको थियो । तथापि, अहिले साइटबाट उक्त भिडियो हटाइएको छ । 

भिडियो कहिले फिल्माङ्कन भएको हो भन्ने स्पष्ट छैन । प्रहरीले युवकलाई सोमबार पक्राउ ग¥यो र भिडियो फिल्माङ्कन गर्न सघाउने उसको साथीको खोजी भइरहेको छ । 

प्य्राङ्क भिडियोमा युवक मानिसको भिड रहेको मेट्रो रेलभित्र अचानक लडेको देखिन्छ । युवकलाई उठाउने प्रयास गर्दा उ अचानक कामेको जस्तो गर्छ र मानिस आत्तिएर भाग्छन् । 

युवकका वकिलले भने उनले मानिसलाई डराउनभन्दा पनि सावधान गराउन चाहेको बताए । 
रुसमा हालसम्म दुई जना व्यक्तिमा कोरोनाभाइरस देखिएको छ । साइबेरियामा भने १४४ व्यक्तिलाई संक्रमणको आशंकामा निगरानी क्याम्पमा राखिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया