काठमाडौं – प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक बर्ष दोस्रो त्रैमासमा रु. ८ करोड ९३ लाख नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तय विवरणले यस्तो देखाएको हो ।
गत आवको समिक्षा अवधीमा कम्पनीले रू. ५ करोड ८८ लाख नाफा कमाएको थियो ।
कम्पनीले समिक्षा अवधीमा रु. १९ करोड १४ लाख कुल आम्दानी गरेको छ । त्यसमा रू. १० करोड २० लाख बिभिन्न शिर्षकमा खर्च भएको छ ।
यस अवधीमा कम्पनीले रू. ९८ करोड २४ लाख ४२ हजार कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको समिक्षा अवधीमा कम्पनीले रु. ७९ करोड ५४ लाख बीमाशुल्क संकलन गरेको थियो ।
तर, कम्पनीमा बीमा गर्नेको संख्या भने घटेको छ । गत आवको समिक्षा अवधीमा कम्पनीले १ लाख ३ हजार १२१ ओटा बीमालेख जारी गरेको थियो । चालु आवको समिक्षा अवधीमा ८१ हजार ८८४ ओटा बीमालेख जारी गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी रू. १ अर्ब ७ करोड ४५ लाख रहेको छ । जगेडा कोषमा रू. २१ करोड २ लाख, बीमा कोषमा रू. ५४ करोड २ लाख र महाविपत्ती जगेडा कोषमा रू. ४ करोड ९८ लाख ७५ हजार रकम राखेको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया