आगलागी बाट तीन वटा पसलमा क्षति

६ बर्ष अगाडि

पश्चिम रुकुम जिल्लाको मुसीकोट नगरपालिका वडा नम्वर १ मुख्य बजारमा गएराती आगलागी हुदा तिन वटा पसलमा क्षति पुगेको प्रहरीले बताएको छ ।

जिप्रका रोड नजिकैको मुख्य बजारमा रहेको आमा कपडा पसलमा विद्युत सर्ट भई आगलागी हुदा नजिकैको डिग्रे साईकुमारी स्टेसनरी र हिमालय फेन्सी स्टोर्स पुर्ण रुपमा जलेर नष्ट भएको  जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

गएराती साढे एघार बजे लागेको आगो विहान १ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

आगलागीबाट कुनै मानविय क्षति नभएपनि तिन वटा पसलको सम्पुर्ण सरसमान गरी झन्डै ४० लाख बराबरको क्षति पुगेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठग बहादुर केसीले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया