नेपाल टेलिकमको नाफा र आम्दानी दुवै घट्यो

६ बर्ष अगाडि

चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म रू. ४ अर्ब ९५ करोड ४६ लाख नाफा कमाएको थियो । तर, चालु आवको समिक्षा अवधीमा कम्पनीले रु. ४ अर्ब ९३ करोड ९१ लाख खुद नाफा कमाएको छ । समिक्षा अवधमिा कम्पनीको नाफा झिनो मात्रामा घटेको देखिन्छ । कम्पनीको पहिलो त्रैमासमा नाफा घट्दा यस्तो अवस्था आएको हो ।  
कम्पनीले यो अवधीमा रू. १९ अर्ब २६ करोड ८४ लाख १६ हजार कुल आम्दानी गरेको छ । त्यसमा ग्राहकबाट कम्पनीले रू. १८ अर्ब ३ करोड ९५ लाख ७६ हजारआम्दानी गरेको छ । समिक्षा अवधीमा कम्पनीको कुल आम्दानी पनि घटेको छ । 
कम्पनीले गत आवको सो अवधीमा रु. २१ अर्ब ७१ करोड २४ लाख ४२ हजार कुल आम्दानी गरेको देखिन्छ । 
हाल कम्पनीको चुक्तापँजी १५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले आफ्नो जगेडा कोषमा रू. ७४ अर्ब ३६ करोड १९ लाख ५० हजार रहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया