सरकारबाट महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी) सम्मान पाउने रामचन्द्र संघाई एनआईसी एसीया बैंकले बधाइ ज्ञापन गरेको छ ।
एनआईसी एसीया बैंकका सञ्चालक रहेका व्यक्ति मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु–याएवापत नेपाल सरकारको सीआईपी सम्मानबाट विभुषित गरेको भन्दै बैंकले बधाइ ज्ञापन गरेको हो ।
बाराको त्रिवेणी स्पिनिङ मिल्सका सञ्चालक संघाइ तेस्रो मुलुकमा सबैभन्दा बढि मूल्यको वस्तुका रुपमा धागो निर्यात गर्ने अग्रणी उद्योगको रुपमा सीआईपी सम्मानबाट सम्मानित भएका हुन् । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो ।
प्रधानमन्त्री श्री केपी शर्मा ओलीले उनलाई गत मंगलबाट आयोजीत कार्यक्रममा महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
बैंकले आगामी दिनहरुमा यस्तै कामका लागि थप प्रेरणा मिलोस भन्दै संघाईलाई शुभकामना दिएको छ । उनलाई सम्मान गरेकोमा यस बैंक नेपाल सरकार प्रति आभार व्यक्त गरेको नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डले बताए ।
यस प्रकारको सम्मान बाट विभुषित हुने “महत्वपूर्ण व्यावसायिक व्यक्ति” हरुले नेपाल सरकारको तर्फबाट विभिन्न सुबिधाहरुका साथै विमानस्थलमा भिआईपी कक्षको सुविधा, उद्योग वाणिज्यसँग सम्बन्धित सबै समारोहहरुमा प्राथमिकताकासाथ आमन्त्रण र आसनग्रहणको व्यवस्था लगायत विदेशमा हुने व्यापारिक तथा औद्योगिक मेला एवं प्रदर्शनीहरुमा प्रतिनिधित्व गर्न प्राथमिकता पाउने गर्दछन् ।
यस व्यवस्थाले सम्मानित व्यक्तित्वहरुमा थप सकारात्मक उर्जा प्रदान हुनेभई देशले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न थप योगदान पुग्ने विश्वास बैंकले लिएको पाण्डेले बताए ।
प्रतिक्रिया