रुपन्देहीको पुरानो बजारमा औद्योगिक व्यापार मेला हुने

५ बर्ष अगाडि

बुटवल । रुपन्देहीको पश्चिम क्षेत्रको पुरानो बजार सौं फर्साटिरमा औद्योगिक व्यापार मेला हुने भएको छ । 

ग्रामीण क्षेत्रको उत्पादनलाई प्रबद्र्धन गर्न सौं फर्साटिकर व्यापार संघले पहिलोपटक प्रथम राष्ट्रिय शुद्धोधन कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला आयोजना गरेको हो ।

‘शुद्धोधनको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन उद्योग तथा व्यापारको पूर्वाधार’ भन्ने नाराका साथ मेला भालिदेखि सुरु हुँदैछ । मेला आयोजकले बुधबार आज पत्रकार सम्मेलन गरी मेलाको तयारी पुरा भएको जानकारी दिए ।

सौं फर्साटिकर व्यापार संघका अध्यक्ष हुमकान्त पाण्डेले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै ग्रामीण उत्पादनलाई बजारीकरणका गर्न मेला गर्न लागिएको बताए । मेलामा १ सय २१ वटा स्टल रहनेछन् ।भने मेला फागुन १३ गतेसम्म चल्ने छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया