हिमालयन बैंकको अध्यक्षमा तुलसी प्रसाद गौतम चयन

५ बर्ष अगाडि

काठमाडौँ । हिमालयन बैंकको अध्यक्षमा तुलसी प्रसाद गौतम चयन भएका छन् । बैंकको बुधबार सम्पन्न साधारणसभाबाट गौतम अध्यक्षमा चयन भएका हुन् । 


गौतम यसअघि कर्मचारी सञ्चय कोषका प्रशासक रहेका थिए ।


यससँगै विगत १६ वर्षदेखि लगातार अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ नेतृत्वबाट बाहिरिएका छन् ।

सर्वसाधारण बाहेक हाल हिमालयन बैंकमा हबिब बैंक पाकिस्तान २० प्रतिशत, कर्मचारी सञ्चयकोष१४ प्रतिशत, मनोजबहादुर श्रेष्ठको एन ट्रेडिङ कम्पनी१२।७१ प्रतिशत, खेतान समूहको म्युचुअल ट्रेडिङ११।८५ प्रतिशत तथा राणा समूहको आभा इन्टरनेशनल११।३८ प्रतिशत बैंकमा सेयर छ । मनोजबहादुर श्रेष्ठका भाईको छायाँ इन्टरनेशनलको ८।८९ प्रतिशत सेयर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया