केहि समय उच्च स्थानमा रहेको प्याजको मुल्यमा गिरावट आएको छ ।
कुनै समय २ सय ५० रुपैयाँ रहेको प्याजको मूल्य अहिले घटेको हो। उपत्यकाकै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी तथा फलफूल बजारमा गत आइतबारदेखि प्रतिकेजी खुद्रा प्याजको मूल्य ९० देखि एक सय रुपैयाँ रहेको छ।
त्यस्तै प्याजको थोक मूल्य पनि प्रतिकेजी ७२ देखि ७५ रुपैयाँसम्म रहेको कालिमाटी बजारको सूचनामा उल्लेख छ।
त्यतिबेला चिनियाँ प्याजको केही मात्रामा आयत भएपनि मूल्य भने घटेको थिएन। नेपालमा उपभोग गरिने ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट आउने गरेको बताइन्छ।
प्याजको सिजन सुरु भएसँगै मूल्य पनि घटेको हो। फेब्रुअरीदेखि बजारमा नयाँ प्याज आउँछ। यो वर्ष उत्पादन बढेकाले पनि मूल्य सुधार देखिएको छ।
प्रतिक्रिया