झिनो अकंले बढ्यो नेप्से कारोबार भने डेढ अर्बको

६ बर्ष अगाडि

साताको चौथो  कारोबारको दिन आज नेप्से परिसूचक  केहि अंकले उकालो लागेको छ ।

कारोबारको सुरुवातबाटैउकालो यात्रातय  गरेको  नेप्से अन्तिम समयसम्म आइपुग्दा ४.६०  अंकले उकालो लागेको हो । 

आज १३४१.०८ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १३४५.९८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज सेन्सेटीभ सूचक पनि ०.१९ अंकले उकालो लागेको छ । आज कारोबारका लागी आएका १२ मध्य ९ उपसूचक बढे्का छन् ।

त्यस्तै, आज कारोबारका लागी आएका १७३  कम्पनीको ३ लाख ९८ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५०  करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया