'बैंक अफ द एयर' बन्न सफल मेगा बैँकको यस्तो आयो वित्तिय विवरण

६ बर्ष अगाडि

आर्थिक बर्षको दोस्रो त्रैमासमा मेगा बैँकले २१ करोड ८१ लाखले खुद नाफा बढाएको छ । जुन गत बर्षको तुलनामा ३० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैँकले ७३ करोड २० लाख रुपैया खुद नाफा कमाएकोमा यस बर्ष भने ९५ करोड २ लाख रुपैँया कमाएको छ ।

बैंकको खुद नाफा बढे सँगै सञ्चालन आम्दानीमा पनि बृद्धि भएको छ । गत आवको यसै अवधिमा २ अर्ब १८ करोड ३६ लाख कमाएको बैँकले समीक्षा अवधिमा २ अर्ब ६३ करोड १८ लाख रुपैँयाको सञ्चालन आम्दानी गरेको छ  । जुन गत आवको तुलनामा  ४४ करोड ८१ लाख रुपैँयाले धेरै हो । 

त्यस्तै बैँकले खुद ब्याज आम्दानीमा ३५ करोड २३ लाखले बृद्धि गरेको छ ।गत आवको यसै अवधिमा बैकले १ अर्ब ७८ करोड १ लाख रुपैँयाको खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बैँकले २ अर्ब १३ करोड २५ लाख रुपैँयाको आम्दानी गरेको छ ।  

बैँकले चालु आवको दोस्रो त्रैमासमा ३४ अर्ब ६३ करोड रुपैँयाको निक्षेप संकलन गरी ७८ अर्ब ११ करोडको कर्जा लगानी गरेको छ ।

बैँकको निक्षेप गत आव भन्दा २० प्रतिशतको हाराहारीमा बढेको छ साथै कर्जा तथा सापटी १८ प्रतिशत भन्दा बढी बढेको छ । बैँकको चुक्त्ता पुजिँ भने १० अर्ब ३८ करोड ८६ लाख रुपैँया रहेको छ ।

 
 

 

६ बर्ष अगाडि

प्रतिक्रिया