सन्तोषजनक देखिएन बैंकहरुको नाफाः नाम चलेकै बैंकहरूको नाफामा गिरावट

६ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २७ बाणिज्य बैंकले रू. ३२ अर्ब  ७५ करोड ५४ लाख  खुद नाफा कमाएका छन् । गत आवको सो अवधीको तुलनामा यो ८.७५ प्रतिशतले बढी हो । गत आवको सो अवधीमा बैंकहरुले ३० अर्ब ११ करोड नाफा कमाएका थिए । 

तर, अहिले नाफा बृद्धिदर प्रति स्वयम बैंकहरु नै सन्तुष्ट छैनन्  । गत आवहरुमा बैंकहरुको नाफा दाहोरो अंकको प्रतिशतम बढ्ने गरेको थियो । तर, यो आवको सुरु देखि नै बैंकको नाफा खुम्चिदै गएको छ ।

पछिल्लो समय राष्ट्र बैंकले स्प्रेडदरमा कडाई गरेको छ । साथै, प्रतिस्पर्धाको बजारमा बैंकहरुले बढी मात्रामा शाखा विस्तार गरेका छन्, कर्मचारी पनि बढाएका छन् । त्यसरी अहिले बैंकहरुको सञ्चालन खर्च बढेको छ । तर, त्यो अनुसारको आम्दानी भने हुन सकेको छैन, जसअनुसार बैंकहरुको नाफा सोचे अनुरुप नबढेको जानकार व्यक्तिहरू बताउँछन् । 

बुधबारसम्म सबै बैंकले चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । सोही विवरणहरुले यस्तो  देखाएको हो । दोस्रो त्रैमासमा १६ बैंकले रू. १ अर्ब भन्दा बढी नाफा कमाएका छन् । त्यसमाथि ३ बैंकले रू. २ अर्ब भन्दा बढी नाफा कमाएको देखिन्छ । 

नाफा कमाउने बिषयमा अहिले पनि राष्ट्रिय बाणिज्य बैंकले पहिलो नम्बरमा रहेको छ । यो बैंकले गत आवदेखि उत्कृष्ट नाफा कमाउँदै आएको छ । राष्ट्रिय बाणिज्य बैंकले अहिले रू. २ अर्ब २० करोड ९४ लाख नाफा कमाएको छ । तर यो गत आवको सो अधवीको भन्दा ८.३१ प्रतिशतले कमी हो । गत आवमा बैंकले रू. २ अर्ब ४० करोड नाफा कमाएको थियो । 
यस्तै, नाफा कमाउने मामलामा नविल बैंक दोस्रो नम्बरमा रहेको छ । यो बैंकले २ अर्ब ४ करोड नाफा कमाएको छ । जुन गत आवको भन्दा ६.२  प्रतिशतले कम हो । गत आवमा नविलले २ अर्ब १७ करोड नाफा कमाएको थियो ।

यस्तै, तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकले २ अर्ब १ करोड नाफा कमाएको छ । जुन गत आवको भन्दा ३३.३९ प्रतिशतले बढी हो । गत आवमा बैंकले रु. १ अर्ब ५१ करोड नाफा कमाएको थियो ।हिमालय बैंकले भने १ अर्ब ७४ करोड नाफा कमाएको छ । नेपाल कै ठुलो भनिएको ग्लोबल आईएमई बैंक भने नाफा कमाउने मामलामा पाँचौ स्थानमा छ । उक्त बकैंकले १ अर्ब ६८ करोड नाफा कमाएको छ ।

चालु आवमा ८ बैंकको नाफा भने घटेको छ । तथ्यांकअनुसार नेपाल बैंकको १८.०६  प्रतिशत, सिद्धार्थ बैंकको ४.०१ प्रतिशत र सिटिजन बैंकको १०.७२ प्रतिशतले नाफा घटाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १५.६६ प्रतिशत, सिभिलको १४.७५ प्रतिशत, नविलको ६.२ प्रतिशत र एसबीआईको २.१५ प्रतिशतले नाफा घटेको छ । नाफा कमाउनेमा पहिलो नम्बरमा रहेको राष्ट्रिय बाणिज्य बैंकको पनि नाफा घटको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया