कञ्चन डेभलपमेन्टको नाफा ४ करोड, अन्य सुचकमा पनि सुधार

६ बर्ष अगाडि

कञ्चन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनीक गरेको छ ।
वित्तिय विवरण अनुसार बैंकले यस अवधिमा खुद नाफा १५ लाख रुपैयाँले बृद्धि गरेको छ । 

गत आवको यसै अवधीमा बैंकले ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने समीक्षा अवधीमा बैंकले ४ करोड १० लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका छ । 

खुद नाफा बढेसगैँ बैैंकको खुद सञ्चालन आम्दानीमा पनि सुधार देखीएको छ ।  गत आवको यसै अवधिमा ११ करोड १९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको समीक्षा अवधीमा बैंकले उक्त आम्दानी १ करोड ९६ लाखले बढाएर १३ करोड १५ लाख बराबरको आम्दानी गरेको छ ।

यस्तै, बैंकले आफ्नो ब्याज आम्दानीमा पनि बृद्धि गरेको छ । गत आवको तुलानामा बैैंकले ब्याज आम्दानीमा १ करोड ७७ लाखले बृद्धि गर्दै १२ करोड ८३ लाख रुपैयँ ब्याज आम्दानी गरेको छ ।

त्यस्तै, यस अवधिमा बैंकले ६ अर्ब ४६ लाख रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने आफना ग्राहकहरुलाई ४ अर्ब ८७ करोड बराबरको कर्जा प्रवाह गरेको छ ।

५३ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ करोड ८३ लाख रकम सञ्चीत छ ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया