भिस्तारा एयरलाइन्सले शुरु ग¥यो नयाँ दिल्ली–काठमाडौं उडान

६ बर्ष अगाडि

भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरलाइन्सले  नयाँ दिल्ली–काठमाडौं उडान सुरू गरेको छ ।

नेपाललाई पाँचौ गन्तव्य बनाएर भिस्ताराले नयाँ दील्ली काठमाण्डौ उडान शुरु गरेको हो ।

यो उडान सँगै नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्स थपिएको छ ।भिस्ताराले मंगलबारदेखि दिल्ली(काठमाडौ उडान सुरू गरेको हो । 

यो कम्पनीले जनवरी २०१५ देखि हवाई सेवा सुरू गरेको थियो  । यो छोटो अबत्रीमा पनि कम्पनीले आन्तरिकतर्फ विभिन्न ३१ सहर र अन्तर्राष्ट्रियतर्फ ५ वटा गन्तव्यमा सेवा दिइरहेको कम्पनीका प्रमुख व्यापारिक अधिकृत विनोद कन्ननले बताएका छन । ।

भिस्तारा भारतको टाटा समूहको ५१ र सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत लगानीमा संयुक्त रुपमा स्थापना भएको कम्पनी हो। 

६ बर्ष अगाडि

प्रतिक्रिया