ज्योति विकास बैंकको नाफामा सुधार,  ब्याज आम्दानी पनि २७ करोडले बढ्यो

६ बर्ष अगाडि

ज्योति विकास बैंकले आफ्नो चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।बैंकको वित्तिय विवरणमा बैकंले आफ्नो खुद नाफामा सुधार ल्याएको छ ।
गत आवको यसै अवधिमा १७ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेकोमा बैंकले समीक्षा अवधीमा  १० करोड ४ लाख ३४ हजारले नाफा बढाएर २८ करोड ८ लाख ३४ हजार खुद नाफा कमाएको हो ।यस्तै, यस अवधीमा बैकंको खुद ब्याज आम्दानी २७ करोडले बढेको छ ।

गत आवको यसै अवधीमा बैंकले ४६ करोड ६६ लाख  रुपैयाँ ब्याज आम्दानी गरेकोमा समीक्षा अवधीमा ७३ कारेड ६९ लाख रुपैया बराबरको ब्याज आम्दानी गरेको छ ।
बैंकको सञ्चालन मुनाफा १५ करोड ७८ लाखले बढेर ४० करोड १३ लाख रुपैया पुगेको छ ।

यो अवधीमा बैंकले  २९ अर्ब ६८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरेको  छ भने २६ अर्ब ८४ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।
समीक्षा अवधी सम्ममा बैंकको प्रतिशेयर आम्दानी  १२२ रुपैयाँ ३९ पैसा पुगेको छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया