कारोबारको दोस्रो घण्टा: उकालो यात्रामै नेप्से

६ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक कारोबारको दोस्रो घण्टामा ६.३४ अंकले उकालो लागेको छ।

कारोबार सुरु भएसगैँ ओरालो यात्रा तय गरेको नेप्से परीसूचक दोस्रो घण्टाको अन्तिम अवस्था सम्म आउदाँ ६ अंकको हारहारीमा उकालो  लागेको हो ।

आज १३४१.०८को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा  १३४७.५४ को बिन्दुमा बढेको  छ । आज ११ बजे  १३४१.०८  विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.४७  प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ७ उपसमुह बढेका छैन ।अहिले कारोबार भईरहेका १६३  कम्पनीको १८  लाख ६६  हजार कित्ता शेयर खरिद विक्री हुदाँ ६८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया