सेञ्चुरीले कमायो ६५ करोड नाफा, अधिकांश सूचकमा सुधार

६ बर्ष अगाडि

सेञ्चुरी कर्मसियल बैँकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार बैँकले आफ्नो अधिकांश सूचकहरुमा वृद्धि गरेको छ । 
चालू आवको दोस्रो त्रैमासमा बैकले ६५ करोड २ लाख  खुद नाफा कमाएको छ । जुन गत बर्षको तुलनामा  १३ करोड २१ लाख रुपैँयाले बढी हो । गत आवको सो अवधिमा बैँकले ५१ करोड ८१ लाख कमाएको थियो ।  

बैँकले सो अवधिसम्ममा खुद ब्याज आम्दानी १८ करोड ८५ लाख रुपैँयाले बढाएर १ अर्ब ५२ करोड २ लाख रुपैँया पुर्याएको देखिन्छ ।

यस्तै बैंकले सञ्चालन मुनाफामा पनि १८ करोड ८५ लाख वृद्धि गर्दै ९१ करोड ७ लाख  रुपैँया आम्दानी गरेको छ ।

यस अवधिमा ८ अर्ब ४१ करोड ५४ लाख चुक्त्ता पूँजी रहेको बैंकमा त्यस मध्ये १ अर्ब ३८ करोड १ लाख जगेडा कोषमा , ८५ करोड ७४ लाख शेयरधनी कोषमा र ३ करोड ४३ लाख रुपैँया शेयर प्रिमियममा सञ्चय गरेको छ । 

समीक्षा अवधिसम्ममा बैंकले ६१ अर्ब २४ करोड रुपैँयाको निक्षेप संकलन गरी ५९ अर्ब ५० लाख रुपैँयाकोे कर्जा समेत लगानी गरेको छ ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा बैँकले वितरण योग्य मुनाफा ४२ करोड ३० लाख रुपैँया आर्जन गरेको छ । साथै त्यस अवधिसम्ममा बैँकको प्रतिशेयर आम्दानी गत आवको तुलनामा १ रुपैँया ८६ पैसाले बृद्दि भएर १५ रुपैँया ४५ पैसामा सीमित भएको छ ।          
 

६ बर्ष अगाडि

प्रतिक्रिया