राष्ट्रिय वाणिज्य बैंकले चालु आवको दोस्रो त्रैमासमा २ अर्ब २० करोड ९४ लाख रुपैँया बराबरको खुद नाफा आर्जन गरेको छ ।
यो गत आवको यसै अवधिको तुलनामा २० करोड रुपैयाँले धेरै हो ।
गत आवको यसै अवधिमा बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ भने समीक्षा अवधीमा बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । बैंकको खुद नाफा घटे्सगैँ सञ्चालन आम्दानीमा पनि गिरावट देखीएको छ ।
गत आवको तुलानामा बैंकले १० करोड ४ लाखले घटाएर ५ अर्ब ६ करोड बराबरको सञ्चालन आम्दानी गरेको छ । यस अवधीमा बैंकको खुद ब्याज आम्दानीमा भने सुधार देखएिको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकले अघिल्लो वर्षको तुलानामा १० करोड ७९ लाख रुपैयाँले बढाएर ५ अर्ब ६ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ ।
पुस मसान्त सम्ममा बैंकले ग्राहकहरुबाट १ खर्ब ९४ अर्ब ९० करोड निक्षेप संकलन गरुेको छ भने १ खर्ब ४७ अर्ब ८९ करोड रुपैयाँ बराबरका कर्जा प्रवाह गरेको छ । ९ अर्ब ४७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चीत छ ।
प्रतिक्रिया