आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ८.३७ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भए देखिनै उकालो यात्रा तय गरेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ८ अकंले उकालो लागेको हो ।
आज १३४१.०८ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३४९.५७ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १३४१.०८ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.६२ प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १२ वटै उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १४३ कम्पनीको ५ लाख ३५ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २६ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया