वाग्मतीकाे भाैतिक उपलब्धि : सुरुङ्गमार्गको डीपीआर र एकीकृत वस्तीको गुरुयोजना र ४७ वटा प्रहरी इकाइ निर्माण शुरु

५ बर्ष अगाडि

वाग्मती प्रदेशले स्थापनाको २ वर्षमा ४७ वटा प्रहरी इकाइ भवन निर्माण शुरु तथा सुरुङ्गमार्गको डीपीआर र एकीकृत वस्तीको गुरुयोजना तयार पारेको छ । 

प्रदेशको भौतिक विकास स्वरुप यी कार्यहरु गरेको हो । जसअन्तर्गत प्रहरी सुदृढीकरणअन्तर्गत १० जिल्लाका ४७ वटा प्रहरी इकाइ भवनको निर्माण प्रारम्भ भई कतै अन्तिम चरणमा पुगेको छ ।    

त्यस्तै एउटा सुरुङ्गमार्ग, एउटा चक्रपथ, २ एकीकृत बस्ती, एक एकीकृत विकास योजना एउटा बहुउद्धेस्यीय परियोजनाको अध्ययन गरेको जनाएको छ । 

प्रदेश सरकारका अनुसार चर्चित हेटौँडा काठमाडौँ पोष्टबहादुर बोगटी (भीमफेदी – कुलेखानी) सुरुङमार्ग प्रदेश सरकारले आफैँ निर्माण गर्ने भनी विस्तृत अध्ययन प्रतिवेदन डिपिआर निर्माणकार्य लगभग सकेको छ भने चैतसम्ममा ठेक्काअघिका सबै काम सम्पन्न गरी नयाँ वर्षसँगै काम शुरु गर्ने तयारी गरेको छ ।

काठमाडौँ उपत्यकामा काठचक्रपथ परियोजनाको कूल १५० किलोमिटर सडकको सम्भाव्यता अध्ययन तथा २७ किलोमिटर सडकको डिपिआर तयार पारेको छ ।

मकवानपुर जिल्लामा दुईवटा एकीकृत बस्ती विकाससम्बन्धी अध्ययनकार्य गरिएको, रुवीभ्याली एकीकृत विकास योजनाको डिपिआर तयार भइरहेको, नारायणी दासढुङ्गा बहुउद्देश्यीय परियोजनाको प्रारम्भिक गुरुयोजनाको अध्ययन प्रतिवेदन प्राप्त भएको जनाइएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया