नेपालको इतिहासमा नेपाल प्रहरीको प्रमुख प्रहरी महानिरीक्षक नियुक्त गर्दा सरकारको निर्णय सर्वोच्व अदालतले रोक्ने सम्मका ठूला घटना भएका छन् ।
तर वर्तमान सरकारले प्रहरी महानिरिक्षकमा इतिहासमै बिरलै हुने निर्विवादित नियुक्ति गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद बैठकले डिआजी रहेका ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत ज्ञवालीलाई आजीपी नियुक्त गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।
नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले माघ २९ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।
आईजीपीको लागि डीआईजी तारिणीप्रसाद लम्साल र सूर्य उपाध्यायको पनि चर्को लबिङ भएपनि बरियतामा ज्ञवाली नै एक नम्बरमा थिए ।
२०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाधिकोट गाविसमा जन्मीएका २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् ।
प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार ज्ञवालीको बढुवा गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए ।
हुन ठाकुर । ज्ञवालीले राजनीति शास्त्रमा एमए गरेका छन् । काठमाडौंको वनस्थलीमा बस्दै आएका ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा मुछिएका छैनन् ।
ज्ञवालीले दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका छन् ।
प्रतिक्रिया