साताको तेस्रो कारोबारको दिन आज नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।
कारोबारको सुरुवातबाटै दोहोरो अंकले उकालो लागेको नेप्से अन्तिम समयसम्म आइपुग्दा १७.११ अंकले उकालो लागेको हो ।
आज १३२४.२६ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १३४१.३८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज सेन्सेटीभ सूचक पनि ३.७५ अंकले उकालो लागेको छ । आज कारोबारका लागी आएका १२ मध्य ११ उपसूचक बढे्का छन् ।
त्यस्तै, आज कारोबारका लागी आएका १७५ कम्पनीको ३९ लाख ९६ हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५३ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा बढी शिवम् सिमेन्टको १५ करोड २ लाख र एन आई सी एसिया बैँकको ११ करोड २३ लाख रुपैँया बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया