काठमाडौं – नेपाल धितोपत्र बोर्डले एकै पटक बिभिन्न ४ नियामवली संसोधन गरेको छ । बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६३, सामुहिक लगानी कोष नियमावली, २०६७ र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ संसोधन गरेको हो ।
उक्त संसोधति नियमावलीहरु अर्थमन्त्रालयले स्वीकृत गरिसकेको छ । उक्त नियामवलीहरु फागून १ गतेदेखि लागू हुने बताइएको छ ।
बोर्डले सामुहिक लगानी कोष नियमावली संसोधन गर्दै बीमा कम्पनी, सञ्चय कोष र नागरिक लगानी कोषलाई म्यूचल फण्ड निष्काशन गर्न बाटो खुला गरिदिएको छ । यस्तै, धितोपत्र दर्ता तथा निष्काशन नियमावली मार्फत प्रारम्भिक सार्वजनिक निष्काशनमा बुक विल्डिङ बिधि समेत प्रयोगमा ल्याउने व्यवस्था गरिएको बोर्डको भनाइ छ ।
यस्तै, सार्वजनिक निष्काशन खुला हुने अधिक्तम अवधी ३० दिनबाट घटाएर १५ दिन कायम गरिएको छ । साथै, धितोपत्र व्यवासयी नियमावली मार्फत धितोपत्र व्यापारीको न्यूनतम चुक्तापुँजी रु. २० करोड हुनुपर्ने व्यवस्था गरेको छ ।यसैगरि धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले अर्काे धितोपत्र दलाल तथा व्यापारीलाई प्राप्ति गर्न वा गाभ्न÷गाभिन सक्ने व्यवस्था पनि गरिएको छ ।
यस्ता छन् नयाँ व्यवस्था
प्रतिक्रिया