बैंक अफ काठमाण्डूको नाफा बढ्यो, ब्याज आम्दानीमा पनि सुधार

६ बर्ष अगाडि

बैंक अफ काठमाडौंले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनीक गरेको छ । यस अवधिमा बैंकले आफ्नो खुद नाफामा सुधार ल्याएको छ । 

गत आवका्े यसै अवधिमा बैंकले ७७ करोड ७५ लाख खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधीमा १४ करोडले नाफा बढाएर ८८ करोड ३८ लाख खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ करोड रुपैयाँले बढे्को छ ।गत आवको यसै अवधीमा बैंकले १ अर्ब ७६ करोड खुद ब्याज आम्दानी गरेको थियो भने समीक्षा अवधीमा १ अर्ब ९३ करोड रुपैयाँ बराबरको ब्याज आम्दानी गरेको छ । 

त्यस्तै, यस अवधिमा बैंकको सञ्चालन मुनाफामा पनि वृद्धि भएको छ । बैंकको सञ्चालन मुनाफा २१ करोड २८ लाखले बढे्र १ अर्ब २६ करोड १५ लाख रुपैयाँ पुगेको छ ।यो अवधीमा बैंकले ८९ अर्ब २० करोड बराबरको निक्षेप संकलन गरेको छ भने ७६ अर्ब ८९ करोड बराबरको कर्जा प्रवाह गरेका छ । 

समीक्षा अवधि सम्ममा कको वितरण योग्य नाफा ५९ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।यस अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २० रुपैयाँ ६८ पैसा कायम भएको छ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया