आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको पहिलो घण्टामा ९.२९ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको केही समयमै दोहोरो अंकको हाराहारीमा पुगेको परिसूचक पहिलो घण्टाको अन्तिम सम्म आउँदा ९ अकंले उकालो लागेको हो ।
आज १३२४.२६ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा १३३३.५६ को बिन्दुमा पुगेको छ ।
आज ११ बजे को १३२४.२६ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १२ बजेसम्म आउँदा त्यो परिसुचक ०.७० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ११ उपसमुह बढेका छन् ।
अहिले कारोबार भईरहेका १५४ कम्पनीको ५ लाख ८८ हजार कित्ता शेयर खरिद विक्री हुदाँ २५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया