नबिल बैंकको खुद नाफा घट्यो, ब्याज आम्दानी र प्रतिशेयर आम्दानीमा पनि गिरावट

६ बर्ष अगाडि

नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । यस अवधीमा बैंकको ब्याज आम्दानीसगैँ खुद नाफामा गिरावट आएको छ । 

बैंकको गत आवको यसै अवधीको तुलानामा १३ करोड ५० रुपैयाँले खुद नाफा घटे्को हो । समक्षिा अवधीमा २ अर्ब ४ करोड खुद नाफा आर्जन गरेको बैंकले अघिल्लो वर्षको यसै अवधीमा २ अर्ब १७ करोड बराबरको नाफा आर्जन गरेको थियो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानीमा पनि १५ करोड ९६ लाख रुपैयाँ बराबरको गरिावट आएको छ । अघिल्लो वर्षको यसै अवधीमा बैंकले ३ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समक्षिा  अवधीमा बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ ।

त्यस्तै, यो अवधीमा बैंकको सञ्चालन मुनाफा पनि घटे्को छ । गत आवको यसै अवधीमा ३ अर्ब ८ करोड सञ्चालन मुनाफा कमाएको बैंकले समीक्षा अवधीमा १७ करोड ४३ लाख घटाएर २ अर्ब ९० करोड सञ्चालन मुनाफा कमाएको छ । 

यस अवधी सम्ममा बैंकले १ खर्ब ६४ अर्ब ३२ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भन १ खर्ब ४१ अर्ब ३९ करोड कर्जा परिचालन गरेको छ ।

१० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ६७ करोड ६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, यो अवधीमा बैंकको प्रतिशेयर आम्दानी पनि घटे्को छ । गत आवको यसै अवधीमा बैंकको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा रहेको थियो भने समीक्षा अवधीमा ८ रुपैयाँ ९६ पैसा घटेर ४५ रुपैयाँ ३२ पैसामा झरेको छ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया