स्ट्याण्डर्ड चार्टड बैंकको वित्तिय विवरण कति स्ट्याण्डर्ड ? यस्तो छ वित्तिय सुचक

६ बर्ष अगाडि

काठमाडौं – स्ट्याण्डर्ड चार्टड बैकले चालु आवको पुस मसान्त सम्म रु. १ अर्ब २२ करोड ५९ लाख खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेको वित्तिय विवरण यस्तो देखाएको हो ।
बैंकले गत आवको सो अवधीमा रु. १ अर्ब १४ करोड ५३ लाख खुद नाफा कमाएको थियो । बैंकको नाफा करिब रू. १२ करोडले बढेको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने रू. १ अर्ब ३ करोड ७ लाख रहेको छ । 
यस्तै, यस अवधीसम्म बैंकले रू. ८० अर्ब ५४ करोड ७ लाख निक्षेप संकलन गरेको छ । गत आवको सो अवधीसम्म बैंकले रू. ७५ अर्ब ७३ करोड १५ लाख निक्षेप संकलन गरेको थियो । 
बैंकले पुससम्म ग्राहकहरुलाई रु. ५४ अर्ब २९ करोड ३० लाख कर्जा प्रवाह गरेको छ । गत आवको सो अवधीमा बैंकले रू. ५३ अर्ब ९ करोड २१ लाख निक्षेप कर्जा प्रवाह गरेको छ । बैंकले पुससम्म बैंक तथा वित्तिय संस्थाहरुलाई रू. २ अर्ब ५८ करोड ९० लाख कर्जा प्रवाह गरेको छ । 
कुल प्रवाहित कर्जाबाट बैंकले पुससम्म रू. ३ अर्ब ४१ करोड ७३ लाख कुल व्याज आम्दानी गरेको छ । बैंकको खुद व्याज आम्दानी भने रू. १ अर्ब ८३ करोड ७० लाख रहेको छ । 
बैंकको निष्क्रिय कर्जा ०.१७ प्रतिशत मात्रा रहेको छ । बैंकको प्रति शेयर आम्दानी ३०.६३, पिई रेसियो १९.१३,  प्रति शेयर नेटवर्थ १७९.०३, प्रति शेयर कुल सम्पत्तिको मुल्य १२४५.४६ रहेको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया