पूर्वलडाकू लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको घटनाबारे बोले प्रधानमन्त्री

७ बर्ष अगाडि

‘लेनिन विष्टलाई विमानस्थलबाट जसरी फिर्ता गरियो त्यो अलि अति भयो, मानवअधिकार हनन भयो’, प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा सम्पादकहरूसँगको छलफलमा भने, ‘कसले, कसरी आदेश दिएर फर्काइएको हो, २४ घण्टाभित्रै लिखित जवाफ दिन भनेको छु।’

थाइल्याण्डमा युवा सम्बन्धी एउटा कार्यक्रममा सहभागी हुन जान लागेका तत्कालीन माओवादीका पूर्वबाल सैनिक लेनिन विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमनले शुक्रबार बिहान विमानस्थलबाट फिर्ता गरेको थियो।

विष्ट माओवादी लडाकुको प्रमाणीकरणका क्रममा कम उमेरका कारण बहिर्गमनमा परेका युवा हुन्। जो अहिले युवा अधिकारको अभियानमा संलग्न छन्।

दैनिक पत्रिका, अनलाइन र म्यागेजिनका सम्पादकहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले कञ्चनपुरमा बालिका निर्मला विष्टमाथि भएको बलात्कार र हत्यको छानविन सुरुमा वनावटी र संदिग्ध देखिएपछि उच्चस्तरीय छानविन टोली बनाएको बताए।

‘केही कुराहरू वनावटी र अलिकति संदिग्ध जस्तो देखियो, त्यसपछि हामीले एसपी, डिएसपी र सिडियो फिर्ता गर्यौं’, ओलीले भने, ‘कसैले माग नगरेपनि हामीले पीडित बालिकाको परिवारलाई दश लाख सहयोग गरेका छौं र उच्चस्तरीय छानविनले निष्कर्ष दिएपछि कारबाही प्रक्रियामा अगाडि बढ्ने छौं।’

 

७ बर्ष अगाडि

प्रतिक्रिया