ज्योति लाईफको प्रादेशिक कार्यालय धनगढीमा

६ बर्ष अगाडि

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रादेशिक कार्यालय धनगढीमा शुरु गरेको छ । कम्पनीको उक्त कार्यालय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष  चापागाँईले बीमाको बारेमा नागरिकलाई जनचेतना बढाउन स्थानिय तहमा अन्तरक्रिया गरी घुम्ती बीमा सेवा सञ्चालन गरी बीमाको प्रभावकारीता बढाउन बीमा समिति आफै लागि परेको कुरा जानकारी गराए ।

साथै अहिलेसम्म नियामकिय प्रावधान अनुसारको पुँजी तोक्ने गरिएको भएतापनि अहिले संसारभर जोखिम आधारित पुँजीको अवधारणा कार्यान्वयनमा रहेको हुँदा अब नेपालमा पनि जोखिममा आधारित पुँजी व्यवस्था गर्नुपर्ने जानकारी गराए ।  यस्ता जोखिममा बीमा जोखिम, कर्जा जोखिम, तरलता जोखिम, सञ्चालन जोखिम र बजार जोखिम रहेको र यस्ता जोखिमको लागि पुँजीको मात्रा तोकिने कुरा जानकरी गराए ।

उक्त कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा सल्लाहकार भोजराज शर्मा लगायत कम्पनीका पदाधिकारीहरु उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा कम्पनीका कार्यकारी उपप्रमुख श्री प्रकाश विक्रम खत्रीले ज्योति लाईफले बीमा शुल्क आर्जन, प्रविधिक विकास र नयाँ उच्चस्तरिय बीमा योजनाहरुको हकमा पुराना कम्पनीहरुलाई पनि चुनौती दिन सफल भएको र सुदुर पश्चिम ७ नं. प्रदेशको ९ वटै जिल्ला, विकटमा दार्चुला सहित गरी आफ्ना १३ वटा सेवा केन्द्रहरुबाट सेवा सञ्चालन गर्दै आएको कुरा जानकारी गराए ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्री नन्द किशोर शर्माज्यूले छोटो समयमानै बीमाको दायरा ६ % बाट २२ % पु¥याउन बीमा समितिको अहम भुमिका रहेको कारण समिति प्रति हार्दिक कृतज्ञता ज्ञापन गरे ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया