गोरखा भूकम्पका कारण क्षतिग्रस्त काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित आनन्दकुटी विहारमा रहेको श्रीलङ्का राम चैत्यको दोस्रो पटक पुनःनिर्माण शुरु गरिएको छ ।
पुनःनिर्माणका क्रममा आकृति बिग्रिएपछि दोस्रो पटक पुनःनिर्माण थालिएको हो । पुरातत्व विभागले प्राविधिक सहयोग उपलब्ध गराएको उक्त सम्पदाको वास्तुकलामा त्रुटि पाइएपछि पुरानोस्वरुप कायम हुन सकेको थिएन । निर्माणका क्रममा चैत्यमा हुने गोलाद्र्धमाथि राखिने त्रयोदश भूवन ९१३ वटा खण्ड० मा प्राविधिक समस्या देखिएकाले त्यसलाई भत्काएर पहिलेकै संरचना बनाउन लागिएको विहारका भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिए।
विश्वसम्पदामा सूचीकृत स्वयम्भू क्षेत्रमा सन् १९४६ मा निर्माण भएको विहार जीर्ण भएपछि श्रीलङ्का सरकारले रु २० करोडको लागतमा विहारका साथै चैत्य पुनःनिर्माण हालै सम्पन्न गरेको थियो । बौद्ध शिक्षाका माध्यमबाट समाजमा सकारात्मक चिन्तन विकास गर्न धार्मिक गतिविधि गरेको विहारले विभिन्न संस्थासँग समन्वय गरी परियत्ति शिक्षासमेत सञ्चालन गरेको छ ।
प्रतिक्रिया