वित्तिय संस्थाहरुले उठाए ३४ खर्ब निक्षेप, व्यक्तिगत खाताबाट मात्रै १८ खर्ब

६ बर्ष अगाडि

चालु आर्थिक वर्षको मंसिर मसान्त सम्ममा नेपाली बैंक तथा वित्तिय संस्थाहरुले ३४ खर्ब ७२ अर्ब ९२ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् ।

राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार नेपाली बैंक तथा वित्तिय संस्थाहरुमा उक्त रकम बराबरको निक्षेप संकलन भएको हो । 
 
बैंक तथा वित्तिय संस्थाहरुले वैदेशिक, स्थानीय तह, गैर वित्तिय, सरकारी संस्थान,अन्तर बैंकीङ, व्यक्तिगत लगायतका खाताहरुबाट उक्त रकम बराबरको निक्षेप संकलन गरेका हुन् ।गत वर्षको यसै अवधीको तुलानामा यी संस्थाहरुको निक्षेप ३.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको मंसिर मसान्त सम्ममा रू. ३० खर्ब १२ अर्ब बराबरको निक्षेप संकलन भएको थियो ।

राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार चालु आवको मंसिर मसान्तसम्ममा बैंक तथा वित्तिय संस्थाहरुमा सबै भन्दा धेरै व्यक्तिगत खाताबाट निक्षेप संकलन भएको देखीएको छ ।

यस अवधीमा बैंक तथा वित्तिय संस्थाहरुले व्यक्तिगत खाताबाट १८ खर्ब ५५ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् । त्यस्तै, गैर वित्तीय संस्थाहरुबाट ५ खर्ब ४५ अर्ब ४४ करोड र विदेशी खाताबाट  ९२ अर्ब ८२ करोड रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ ।

त्यस्तै, यस अवधीमा बैंक तथा वित्तिय संस्थाहरुले स्थानीयतह बाट ४२ अर्ब २४ करोड, सरकारी संस्थानहरुबाट ३ खर्ब २७ अर्ब ८४ करोड, गैर सरकारी संस्थाहरुबाट २ खर्ब ६२ अर्ब ८८ करोड र गैर नाफा संस्थाहरुबाट १ खर्ब ११ अर्ब २७ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया